३१ बैशाख २०८१, सोमबार
Follow Us

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भए

नेपालब्रिटेन संवाददाता
१७ मंसिर २०७७, बुधबार १२:५३

पोखरा । निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई ३ घण्टा नियन्त्रणमा राखेर प्रहरीले छाडेको हो । ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आले लगायत पक्राउ परेका थिए ।

पुल उद्घाटनका लागि तनुहँ पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका–१ मा रहेको तालघरे र दुम्सी जोड्ने पुल उद्घाटनको विषयमा कांग्रेस र राष्ट्रिय युवा संघबीच विवाद चर्किएपछि जिल्ला प्रशासन तनहुँले त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।