३० बैशाख २०८१, आईतवार
Follow Us

नेकपा स्थायी कमिटी बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
२१ मंसिर २०७७, आईतवार ०३:४१

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे धुम्बराहीमा बैठक बस्ने छ । नेकपाको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि पार्टीभित्रको विवाद स्थायी समितिमा लैजाने निर्णय भएको छ ।

हिजो बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको हो । पूर्वनिर्धारित कार्यतालिकाअनुसार आजका लागि तय भएको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने पार्टी केन्द्रीय सचिवालयले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भएको हो ।

प्रवक्ता श्रेष्ठले पार्टीको समस्याका विषयमा छलफल भए पनि निष्कर्ष ननिस्किएपछि केन्द्रीय सचिवालयमा दुई अध्यक्षद्वारा अलगअलग प्रस्तुत आरोप प्रत्यारोपका पत्रहरु स्थायी कमिटीमा बुझाइने र सोही बैठकले विवादको निरुपण गर्ने बताउनुभयो ।