२८ बैशाख २०८१, शुक्रबार
Follow Us

१०५६ कोरोना संक्रमित थपिए, थप १४ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०७७, बुधबार १२:३७

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४ सय ८३ जना संक्रमणमुक्त भएका छन ।

योसंगै अहिलेसम्म कुल दुई लाख ३० हजार ५ सय ३७ जना संक्रमित निको भएका छन । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १८ लाख ५ हजार ९ सय ७२ पीसीआर नमूना परीक्षण गरिएको छ ।

अहिले क्वारेन्टिनमा ५ सय २५ जना बसिरहेका छन । पछिल्लो २४ घन्टामा थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणवाट हालसम्म १ हजार ६ सय ५१ जनाको मृत्यु भएको छ ।