२८ बैशाख २०८१, शुक्रबार
Follow Us

नेकपा अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०७७, बुधबार १२:४२

काठमाडौ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । पार्टीभित्रको विवाद उत्कर्षमै रहेका बेला बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

दुई अध्यक्षको पत्र जुहारी चलेको र पछिल्लो समय संवाद समेत हुन छाडेको अवस्थामा भएको यो भेटवार्तालाई चासोका साथ हेरिएको छ । मंसिर २१ गतेबाट सुरु भएको नेकपा स्थायी समिति बैठकमा दुवै अध्यक्षका प्रतिवेदन र पत्रहरु छलफलका लागि प्रस्तुत गरिएको थियो । स्थायी समिति सदस्यालाई छलफलका लागि भन्दै स्थायी समिति बैठक २८ गते सम्मलाई स्थगित गरिएको छ ।

२१ गतेको बैठकमा प्रधानमन्त्री ओली भने सहभागी भएका थिएनन् । उनी बैठकमा अनुपस्थित भए पनि पत्रमार्फत स्थायी समिति सदस्यलाई सम्बोधन गरेका थिए ।