२८ बैशाख २०८१, शुक्रबार
Follow Us

साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०७७, बुधबार १२:४४

काठमाडौं । साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार एकता भएको छ । एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी र चुनाव चिन्ह तराजु राखने गरि साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका छन् ।

अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे रहेको १३० सदस्यीय केन्द्रीय समितिमा दुबै पक्षबाट ६५र६५ जना रहेका छन् भने दुबै पक्षबाट १३र१३ जना रहने गरी २६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ । यसअघि २०७४ साउन ११ मा एकिकृत भएको दुई पार्टी २०७५ पुस २७ मा फुटेका थिए ।