२९ बैशाख २०८१, शनिबार
Follow Us

जो बाइडेनका छोरामाथि कर छलीको आरोप

नेपालब्रिटेन संवाददाता
२५ मंसिर २०७७, बिहीबार ०४:२१

न्यूयोर्क । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कर छलीको आरोप लागेको छ । उनले कर छली गरेको विषयमा डेलावेयर राज्यले छानविन गरिरहेको हो ।

हन्टर बाइडेनले वक्तव्य जारी गरेर डेलवर राज्यमा संघीय अधिकारीहरुले आफ्नो कर गतिविधिबारे छानविन गरिरहेको औपचारिक जानकारी दिएका हुन् । उनले आफु निर्दोष रहेको भन्दै आफूले यो विषयलाई निकै गम्भीरताका साथ लिइरहेको र कानूनी ढंगले सही निर्णय आउनेमा आफु विश्वस्त रहेको बताएका छन् ।

बाइडेन–ह्यारिस समूहले राष्ट्रपतिमा निर्वाचित बाइडेन आफ्ना पुत्रप्रति ‘गौरवान्वित’ रहेको उल्लेख गरेको छ । सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनमा पनि उनी रिपब्लिकन पार्टीको निशानामा परेका थिए ।

जो बाइडेन उप–राष्ट्रपति हुँदा हन्टर बाइडेन एक युक्रेनी ऊर्जा कम्पनीको बोर्डमा समावेश भएको विषयमा यसअघिपनि छानविन अघि बढेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि हन्टर बाइडेनको अनुसन्धानका लागि दवाब दिएको विषय चर्चामा आएको थियो । यस्तो नगरे सैन्य मद्दत रोक्ने चेतावनी पनि उनले दिएका थिए ।