२८ बैशाख २०८१, शुक्रबार
Follow Us

कलंकीमा ब्रेक फेल भएको ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७७, शनिबार ०५:०४

काठमाडौं । काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा कङशंकर दमाई, रञ्जित कुमार चौधरी रहेका छन् ।

यस्तै घाइते हुनेहरुमा शम्भुनाथ, रामचन्द्र सिम्खडा, सुजन मानन्धर, विशाल श्रेष्ठ र सन्ध्य खत्री रहेका छन् । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २–०३००१ ख १४२० नम्बरको मालवाहक ट्रक ढुंगेअड्डामा ब्रेक फेल भई दुर्घटना भएको हो ।

ट्रकले ६ वटा सवारीसाधनलाई ठक्कर दिएको थियो । कालिका पेट्रोल पम्पनजिकै ब्रेक फेल हुँदा ट्रकले मोटरसाइकल र कारहरुलाई ठक्कर दिएको थियो ।