२७ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोनाविरुद्धको खोप सहजरुपमा आपूर्ति गर्ने सरकारको प्राथमिकता : अर्थमन्त्री पौडेल

नेपालब्रिटेन संवाददाता
२७ मंसिर २०७७, शनिबार १०:२८

काठमाडौं । अर्थमन्त्री विष्णु पौडलले कोरोना भाइरसविरुद्धको खोप सहजरुपमा आपूर्ति गर्ने सरकारको अबको प्राथमिकता रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघको पाँचौं महासभाको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले कोरोनाको गुणस्तरीय र तुलनात्मक रुपमा सस्तो खोप सहजरुपमा आपूर्ति गर्न सरकारले काम गरिरहेको बताएका हुन् । मन्त्री पौडेलले विश्वबजारमा सहज हुने बित्तिकै नेपालले पनि कोरोनाविरुद्धको खोप आपूर्ति गर्ने जानकारी दिँदै यसबारे अन्य देशहरुसँग छलफल भइरहेको बताए ।

फरक प्रसंगमा मन्त्री पौडेलले कोरोनाबाट अर्थतन्त्रमा पारेको प्रभाव कम गर्न सरकारले राहतको प्याकेज ल्याएको जानकारी दिए । उनले नीजि, सहकारी र उत्पादनवाहक क्षेत्रका लागि सरकारले गरेको घोषणा अपूग भए छलफल गरेर समस्या समाधान गर्ने प्रतिवद्धता पनि जनाए ।

कार्यक्रममा नीजि क्षेत्रका प्रतिनिधिहरुले कोरोनाका कारण नेपालको अर्थतन्त्रमा पारेको असरलाई परिपूर्ति गर्न सरकार र नीजि क्षेत्र एक भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।