२२ श्रावण २०८२, बिहीबार
Follow Us

अमेरिकामा सोमबारदेखि खोप अभियान

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०७७, आईतवार ०२:४०

न्यूयोर्क । अमेरिकाले फाइजर–बायोएनटेकको कोरोना भ्याक्सिनलाई अनुमति दिएसँगै सोमबारदेखि खोप अभियान शुरु हुने भएको छ । पहिलो चरणमा सबै राज्यका ३० लाख अमेरिकीले खोप लगाउनेछन् ।

फाइजरको कोरोना खोप ९५ प्रतिशत सफल भएको दाबी गरिएको छ । फाइजरको खोपलाई मञ्जुरी दिन अमेरिकालाई निकै दवाब थियो । अमेरिकाको फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन ‘एफडीए’ का प्रमुख स्टिफन हानले आफूले कि फाइजरको खोपलाई अनुमति दिने या राजीनामा दिने बताएका थिए ।

एफडीएका विशेषज्ञले पनि यो खोपको पक्षमा वकालत गरेका थिए । फाइजरको कोरोना खोपलाई बेलायत, क्यानाडा, बहराइन र साउदी अरबले पनि अनुमति दिइसकेका छन् । बेलायतमा भने यसअघि नै खोप लगाउन शुरु गरिएको छ ।

धेरै पढिएको