२९ बैशाख २०८१, शनिबार
Follow Us

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०७७, आईतवार ०२:५१

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँ मूल्य वृद्धि गरेको हो । पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।

डिसेम्बर १ मा आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको भाउ बढेर प्राप्त भएकाले स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले उल्लेख गरेको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य यथावत राखिएको छ ।