२२ श्रावण २०८२, बिहीबार
Follow Us

सकियो नेकपा स्थायी समिति बैठक, लामाको निधनप्रति शोक प्रस्ताव पारित

नेपालब्रिटेन संवाददाता
२८ मंसिर २०७७, आईतवार ०८:३५

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको आजको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा नेता तथा पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले लामाको निधनमा शोक प्रस्ताव गर्दै बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका थिए । गत मंसिर २१ गते शुरु भएको स्थायी समिति बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएका थिए ।

ओली सहभागी हुने भएरै आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको थियो । अर्को बैठकदेखि मात्रै ओली र दाहालको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

धेरै पढिएको