३० बैशाख २०८१, आईतवार
Follow Us

तमुधिं युकेको अध्यक्षमा हित काजी गुरुङ निर्विरोध

नेपालब्रिटेन डट कम्
२९ मंसिर २०७७, सोमबार ००:१४

लण्डन । तमुधिं युकेको अध्यक्षमा हित काजी गुरुङ निर्विरोध भएका छन् ।

तमुधिं यूकेको ११ औं महाधिवेशनको लागि तोकिएको समय सोमवारभित्र अध्यक्ष पदमा उनको एकल उम्मेदवारी परे पछि उनी सर्वसम्मतले चयन भएका हुन् ।
तीन उपाध्यक्षमा हरि गुरुङ, जुमकाजी गुरुङ र तुलाराम गुरुङ निर्विरोध भएका छन ।

२९ सदस्यीय कार्यसमितिको महासचिवमा परशुराम गुरुङ निर्विरोध भएका छन्। यस्तै कोषाध्यक्षमा व्यवसायी कमल कोने गुरुङ निर्विरोध भए । ।

नयाँ कार्यसमितिको खेलकुद संयोजक क्या देव घले छन । कार्यसमितिमा रहेका सदस्यहरुको नाम औपाचारिक रुपमा घोषणा हुन बाँकी छ ।