३१ बैशाख २०८१, सोमबार
Follow Us

८२१ जनामा कोरोना पुष्टि, १८ को मृत्यु

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०७७, सोमबार ११:०२

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ८४२ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १० हजार ९ सय ५५ जना सक्रिय संक्रमित छन् भने ४ सय ७१ जना क्वारेन्टिनमा छन्।