३१ बैशाख २०८१, सोमबार
Follow Us

बालबिबाह गर्ने एक जोडी प्रहरी नियन्त्रणमा

नेपालब्रिटेन संवाददाता
२९ मंसिर २०७७, सोमबार ११:२८

रोल्पा । रोल्पामा बालबिबाह गर्ने एक जोडीलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । रोल्पाको रुन्टिगढि गाउँपालिका २ का २० वर्षिय राजु बिक र रोल्पाकै त्रिबेणि गाउँपालिका २ कि १६ वर्षिय याम कुमारी बिकको जोडी लाई बिहे घर बाट माइती तर्फ जादै गर्दा रोल्पाको होलेरी बजार बाट ईलाका प्रहरी कार्यालय होलेरिको प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय होलेरिका प्रमुख प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिएका छन् ।

सडकमा हिड्दै गरेको बिहेको गाडीलाई शंका लागेपछि रोकेर सोधपुछ गर्दा बालबिबाह भन्ने थाहा पाएपछि उनिहरुलाइ नियन्त्रणमा लिएको निरीक्षक खड्काले जानकारी दिए ।

दुलाह राजु बिक रुन्टिगढि गाउँपालिका स्थित सुर्योदय माबी मसिनामा कक्षा १२ मा अध्यनरत र दुलही याम कुमारी बिक सोही गाउँपालिकाको नेपाल रास्ट्रय माबी दुब्रीङमा कक्षा १० मा अध्यनरत रहेको प्रहरीले बताएको छ । उक्त जोडीको बिहेमा केटीको उमेर २० बर्ष भन्दा कम भएकाले बिहे बालबिबाह भएको हुदा बिहे बदर हुने र दुबै पक्षको अभिभावकलाई बोलाइ उनिहरुलाइ अभिभावकको जिम्मा लगाउने तयारी भैरहेको समेत प्रहरी निरीक्षक खड्काले जानकारी गराए ।

पछिल्लो समयमा रोल्पामा हुने बालबिबाह लाई रोक्न र न्यूनीकरण गर्न प्रहरीले अभियानकै रुपमा विभिन्न चेतनामुलक कार्यक्रम समेत गर्दै आएको छ ।