३१ बैशाख २०८१, सोमबार
Follow Us

क्यानाडामा कोरोनाविरुद्ध फाइजरको खोप लगाउने तयारी

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०७७, मंगलवार ०३:४८

टोरेन्टो । क्यानाडामा पनि कोरोनाविरुद्धको फाइजर–बायोएनटेक खोप लगाउने तयारी शुरु भएको छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको जनाएका छन् ।

पहिलो चरणमा तीस हजार मात्रा खोप क्यानडा पु्गेको हो । क्यानडाको स्वास्थ्यसम्बन्धी नियमक निकायले खोपलाई यसअघि नै स्वीकृति प्रदान गरिसकेको छ ।

क्यानडाले डिसेम्बर महिना भित्रमा दुई लाख ४९ हजारभन्दा बढी खोप स्वदेश भित्र्याउँदै छ । डिसेम्बरमै एक लाख २४ हजार पाँच सय नागरिकलाई खोप दिने योजना छ ।

क्यानडामा चार लाख ६० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ४ सय भन्दा बढीको मृत्यु भएको छ । फाइजर–बायोएनटेकको खोप यसअघि बेलायतर र अमेरिकाले दिन सुरु गरिसकेका छन् ।