३१ बैशाख २०८१, सोमबार
Follow Us

रुसले विकास गरेको कोरोनाविरुद्धको खोप ९१ प्रतिशत प्रभावकारी

नेपालब्रिटेन संवाददाता
३० मंसिर २०७७, मंगलवार ०६:१०

मस्को । रुसले कोरोना भाइरसविरुद्ध विकसित गरेको खोप ९१ प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको जनाएको छ । खोप निर्माणमा संलग्न वैज्ञानिकहरूले खोपको अन्तिम परीक्षणका क्रममा उपलब्ध थप तथ्यांकलाई विश्लेषण गर्दा स्पुतनिक फाइभ खोप ९१ दशमलब ४ प्रतिशत प्रभावकारी देखिएको जनाएका हुन् ।

अन्तिम चरणमा २२ हजार ७ सय १४ जनामा गरिएको परीक्षणपछि बैज्ञानिकले पछिल्लो तथ्यांक सार्वजनिक गरेका हुन । खोप निर्माण गरेको गामालेया रिसर्च इन्स्टिच्युटका निर्देशक अलेक्जेन्डर गिन्ट्बर्गले आगामी वर्षभित्र अधिकांश रुसी नागरिकलाई खोप दिइसकिने जनाएका छन् ।

सोमबारसम्ममा एक लाख जनाभन्दा बढीले खोप लिइसकेका छन् । बेलायत र रुसका वैज्ञानिकहरूले स्पुतनिक फाइभ र अक्सफोर्ड–अस्ट्राजेनेकाले निमार्ण गरेको खोपलाई सम्मिश्रण गरी पुन परीक्षण समेत गर्न लागेका छन् । दुई वटा खोप मिसाउँदा यसले मानिसमा प्रतिरोधात्मक क्षमता अझ बढाउने वैज्ञानिकहरूको विश्वास छ ।