२८ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीमाथि महाअभियोग लगाउन बाबुराम भट्टराईको माग

नेपालब्रिटेन संवाददाता
१ पुष २०७७, बुधबार ०५:०६

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् । उनले ट्वीट गरेर ओलीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाउँदै संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनु पर्ने उल्लेख गरेका हुन् ।

नेता भट्टराईले ओलीको कदम संविधान विरोधी रहेकाले वक्तव्यवाजी वा गनगन मात्रै नगरेर संसद अधिवेशन बोलाई महाअभियोग लगाउनु पर्ने उल्लेख गरेका हुन् ।

संवैधानिक परिषद्सम्बन्धी अध्ययादेश ल्याएर प्रधानमन्त्री ओलीले महाभारतका दुर्योधनले द्रौपदीको चीरहरण गरेझैं संविधान र लोकतन्त्रको हुर्मत लिएको डा. भट्टराईको आरोप छ । ओलीका थप हर्कत रोक्न बेलैमा संसद् अधिवेशन र महाभियोगतर्फ लाग्न उनले सत्तारूढ दल र विपक्षीलाई आग्रह गरेका छन् ।