२२ श्रावण २०८२, बिहीबार
Follow Us

७३६ जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु

नेपालब्रिटेन संवाददाता
१ पुष २०७७, बुधबार ११:३१

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ३६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३९ हजार ४१६ स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४३ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको छ ।

धेरै पढिएको