२८ बैशाख २०८१, शुक्रबार
Follow Us

संघीय संसदको अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग

नेपालब्रिटेन संवाददाता
१ पुष २०७७, बुधबार ११:५५

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बढ्दो राजनीतिक सरगर्मीलाई निकासका लागि संघीय संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् बैठकको गणपुरक संख्या ३ जना मात्र भए पुग्ने गरी अध्यादेश जारी गरेपछि कांग्रेसले अधिवेशनको माग गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार दिउँसो भएको बैठकमा संवैधानिक परिषद सम्वन्धी अध्यादेश तुरुन्त फिर्ता गरी संघीय संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन सरकारसाग माग गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले संवैधानिक निकायहरुलाई आफ्नो नियन्त्रणमा राखेर स्वेच्छाचारी ढंगले सरकारले चलाएर अधिनायकबादी चरित्र प्रस्तुत गरेको भन्दै अधिवेशन बोलाउन माग गरेको हो ।