२२ श्रावण २०८२, बिहीबार
Follow Us

आरोपपत्र फिर्ता लिन ओली-दाहाल सहमत

नेपालब्रिटेन संवाददाता
१ पुष २०७७, बुधबार १२:०६

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच एक-अर्कालाई लगाएको आरोपपत्र फिर्ता लिन सहमत भएका छन् । स्थायी कमिटीको बैठकअघि बुधबार बालुवाटारमा प्रधानमन्त्री ओली र दाहालबिच दुई पटक छलफल भएको थियो।

दोस्रो छलफलमा प्रधानमन्त्री ओली अध्यादेशसँगै भदौ २६ यता भएरगरेका सबै राजनीतिक निर्णयसमेत फिर्ता लिन सहमत भएको स्रोतले बताएको छ ।

एक अर्काको आरोपपत्र फिर्ता लिएर एउटै प्रस्ताव तयार पार्ने, भदौ २५ पछिका सबै विवाद खारेज गर्ने, पुराना आरोप पत्र फिर्ता लिएर सहमतिमा नयाँ प्रस्ताव तयार पार्ने बिषयमा दुई अध्यक्षबिच सहमति भएको बताइएको छ । स्थायी समिति बैठकअघि अध्यक्षद्वय ओली–दाहाल र महासचिव विष्णु पौडेलबीच छलफल भएको थियो।

धेरै पढिएको