२८ बैशाख २०८१, शुक्रबार
Follow Us

कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै सिंहदरबारमा चेकजाँच

नेपालब्रिटेन संवाददाता
१ पुष २०७७, बुधबार १२:१६

काठमाडौ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै चेकजाँच गरेको छ । सतर्कता केन्द्रले बुधबार सिंहदरबारको पूर्वी द्धारमा कर्मचारीहरुले पोशाक लगाए-नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो । सतर्कता केन्द्रले चेकजाँच गर्दा अधिकांश कर्मचारी तोकिएको पोशाक नलगाइ सिंहदरबार पुगेका थिए ।

पोशाक नलगाउने कर्मचारीलाई सचेत गराई प्रवेश गर्न दिइएको थियो । सरकारी कर्मचारीले पोशाक भत्ता बापत रकम लिने तर पोशाक नै नलगाउने गरेपछि अनुगमन गर्नुपरेको डिएसपी अधिकारीले बताए । अवदेखि जाँचलाई निरन्तरता दिइने उनले बताए ।