२८ बैशाख २०८१, शुक्रबार
Follow Us

एमसीसी श्रीलंकाबाट फिर्ता

नेपालब्रिटेन संवाददाता
२ पुष २०७७, बिहीबार ०६:३८

नयाँदिल्ली । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ श्रीलंकाबाट फिर्ता भएको छ । वासिङ्टनमा भएको बोर्ड अफ डाइरेक्टर्सको त्रैमासिक बैठकले श्रीलंकासँगको प्रस्तावित सम्झौतालाई निरन्तरता नदिने निर्णय गरेको हो ।

एमसीसीले सन् २०१९ अप्रिलमा श्रीलंकालाई पाँचवर्षे कार्यक्रम अन्तर्गत यातायात पूर्वाधार स्तरोन्नति र भूमि सुधारका लागि ४८ करोड अमेरिकी डलर दिने जनाएको थियो । तर श्रीलंकाको सरकारले त्यसमा हस्ताक्षर गरेको थिएन ।

अघिल्लो सरकार एमसीसीको पक्षमा भएपनि गोताबाया राजापाक्षे भने यसको विपक्षमा थिए । उनले गठन गरेको स्वतन्त्र कार्यदलले पनि गत जनवरीमा सम्झौता अस्वीकार गर्न सिफारिस गरेको थियो । सार्वभौमिकता खुम्च्याउने भन्दै श्रीलंकामा एमसीसीको विरोध हुँदै आएको छ ।