काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रचण्डनिवास खुमलटारमा बसेको बैठकमा संसद् विघटनको प्रस्ताव र त्यसपछि उत्पन्न हुनसक्ने परिस्थितिबारे छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने प्रस्तावविरुद्ध राजनीतिक र संवैधानिक कदम चाल्ने निर्णय भएको झलनाथ खनालले जानकारी दिए । बैठकमा अध्यक्ष प्रचण्ड,वरिष्ठ नेता झलनाथ खनाल, पार्टीका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ सामेल भएका छन् ।