३१ बैशाख २०८१, सोमबार
Follow Us

संसद विघटनको विरोधमा ७ जना मन्त्रीको सामूहिक राजीनामा

नेपालब्रिटेन संवाददाता
५ पुष २०७७, आईतवार ११:४९

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा रहेका ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन्। संसद विघटनको विरोध गर्दै सात मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरूले अपरान्ह साढे ४ बजे सामूहिक राजीनामा दिएका हुन्।

सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिएका हुन्।