३१ बैशाख २०८१, सोमबार
Follow Us

५८८ कोरोना संक्रमित थपिए, थप ११ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
५ पुष २०७७, आईतवार ११:४९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १०९७ जना संक्रमित निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार ७७२ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ४३ हजार ६६४ जना पुगेको छ । हाल देशभर ८ हजार ३२० जना सक्रिय संक्रमित रहेका छन् भने मृतकको संख्या १७८८ पुगेको छ ।