३१ बैशाख २०८१, सोमबार
Follow Us

नयाँ निर्वाचनको तयारीमा लाग्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन

नेपालब्रिटेन संवाददाता
५ पुष २०७७, आईतवार ११:५२

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले नयाँ निर्वाचनको तयारीमा लाग्न निर्वाचन आयोगलाई निर्देशन दिएका छन् । आइतवार अपरान्ह बालुवाटार निवासमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै उनले नयाँ निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै २०७८ बैशाख २७ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

त्यस लगत्तै प्रधानमन्त्री ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग गरेको छलफलमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल लगायत सहभागी भएका थिए । यस्तै निर्वाचन आयोगको तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालगायतको सहभागिता रहेको थियो । आयोगले एकै चरणमा मध्यावधी निर्वाचन गर्न ओलीलाई सुझाव दिएको छ ।

आयोगले मतपेटिका सुरक्षामा चुनौती आउने भएकोले दुई चरणमा निर्वाचन गर्न समस्या हुने बताएको हो ।प्रमुख आयुक्त दिनेश थपलियाले मतपेटिकाको सुरक्षाका लागि २७ वैशाखमा एकैचरणमा निर्वाचन गर्न सुझाव दिएको जानकारी दिए ।