३१ बैशाख २०८१, सोमबार
Follow Us

प्रतिनिधिसभा विघटन गर्ने निर्णय विरुद्ध सर्वोच्चमा तीन वटा रिट पेश

नेपालब्रिटेन संवाददाता
५ पुष २०७७, आईतवार ११:५३

काठमाडौ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट पेश भएका छन् । प्रधानमन्त्री र राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा अधिवक्ता शुलभ खरेल, कञ्चनकृष्ण न्यौपाने र लोकेन्द्र ओलीले छुट्टाछुट्टै रिट पेश गरेका हुन् । प्राविधिक पक्षबारेमा हेरेर रिट सोमबार दर्ता हुने बताइएको छ ।

राष्ट्रपति भण्डारीले साढे दुई बजेतिर मात्र प्रधानमन्त्री ओलीको सिफारिसलाई सदर गरि दिएकाले आज रिट निवेदन दर्ता प्रक्रियामा नगएका हुन । रिट रजिष्टार, मुख्य रजिष्टारले हेरेपछि मात्रै दर्ता प्रक्रिया अघि बढने बताइएको छ । दर्ता प्रक्रियामा रहेका रिटमा प्रधानमन्त्रीले संबैधानिक कु र संबिधान विपरित संसद बिघटन गरेको भन्दै त्यसलाई खारेज गर्न माग गरिएको छ ।