३१ बैशाख २०८१, सोमबार
Follow Us

ओलीलाई अनुशासनको कारबाही गर्ने स्थायी कमिटीको निर्णय

नेपालब्रिटेन संवाददाता
५ पुष २०७७, आईतवार १२:१८

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । आइतबार अपराह्न बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो ।

ओलीले आइतबार मन्त्रिपरिषद्को बैठक मार्फत संसद् विघटनको निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । सोही निर्णयलाई अनुमोदन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी छन् । ४५ सदस्यी नेकपा स्थायी समितिमा ओली पक्षका १३ नेता मात्रै छन् ।