२१ बैशाख २०८१, शुक्रबार
Follow Us

आज मन्त्रिपरिषद बैठक बस्दै

नेपालब्रिटेन संवाददाता
१० पुष २०७७, शुक्रबार १०:१८

काठमाडौं । सत्तारुढ नेकपा विभाजन भएपछि आज पहिलोपटक मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली साँझ छ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । यसअघि सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे गरेको थियो । मन्त्रिपरिषद बैठकवाट प्रदेश सभा सम्वन्धी निर्णय ओलीले गर्ने अनुमान गरिएको छ ।

प्रदेश सरकारहरुलाई अस्थिर बनाउन अविश्वास प्रस्ताव ल्याइए कडा कदम चाल्ने चेतावनी प्रधानमन्त्री ओलीले यसअघि नै दिइसकेका छन् । संविधानमा राष्ट्रपतिले प्रदेशसभा भंग गर्न सक्ने व्यवस्था गरिएको छ । यसको अनुमोदन ३५ दिनभित्र संघीय संसदले अनुमोदन गर्नुपर्नेहुन्छ ।

साथै छ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था समेत संबिधानमा रहेको छ । पुस पाँच गते प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि मन्त्रीपरिषद बैठक बसेको छैन ।

विघटनप्रति असहमति जनाउँदै यसअघि नै दाहाल नेपाल पक्षका सात जना मन्त्रीले राजीनामा दिइसकेका छन् । त्यसको ठाँउमा नयाँ सात मन्त्री नियुक्त गर्ने तयारी पनि प्रधानमन्त्री ओलीले गरेका छन् ।