२२ श्रावण २०८२, बिहीबार
Follow Us

झण्डै ४० अंकले घट्यो नेप्से

नेपालब्रिटेन संवाददाता
१२ पुष २०७७, आईतवार ११:०८

काठमाडौ । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से झण्डै ४० अंकले घटेको छ । कारोबार भएका सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ३९ दशमलव ९८ अंकले घटेर १९ सय ९८ दशमलव ६५ विन्दुमा झरेको हो । आज कारोबार रकममा पनि कमी आएको छ । दैनिक ६ अर्बको हाराहारीमा कारोबार हुने गरेकोमा यस दिन ४ अर्ब ६२ ३४ लाख रुपैयाँ किनबेच भएको छ ।

आइतबार जीवन बीमा समूहको शेयर ५ सय १९ अङ्कले, निर्जीवन बीमा समूहको २ सय ३८, होटलको ९३, उत्पादनको ४६, माइक्रो फाइनान्सको ४२, बैंकको २३, जलविद्युतको ३० र अन्य समूहको शेयर ४३ अङ्कले घटेको छ । कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो । सो कम्पनीको ६५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । नविल बैंकको ३९ करोड रुपैयाँको कारोबार भएको छ ।

धेरै पढिएको