२३ बैशाख २०८१, आईतवार
Follow Us

चिनियाँ विशेष प्रतिनिधिमण्डल राजनीतिक भेटवार्तामा

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७७, सोमबार ०४:०१

काठमाडौं । सत्तारुढ नेकपामा देखिएको विवादबारे बुझ्न आएको चिनियाँ विशेष प्रतिनिधिमण्डलले आज पनि राजनीतिक भेटवार्ता जारी राख्ने भएको छ ।

आइतबार काठमाडौं आएको चिनियाँ टोलीले आज नेता माधब नेपाल तथा पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने बताइएको छ । चारदिने भ्रमणमा आएको टोलीले विभाजित नेकपाका दुवै घटकसँग भेटवार्ता गरेर एकता र सहकार्यका पहल गर्दै चिनियाँ सरोकार राख्ने जनाइएको छ ।

टोलीको कम्युनिष्ट पार्टीबाहेकका प्रतिपक्षी र अरू दलका प्रतिनिधिसँग भेटघाट हुनेबारे खुलाइएको छैन । प्रतिनिधिमण्डलको भेटघाट कार्यक्रम भने गोप्य राखिएको छ ।

आकस्मिकरूपमा काठमाडौं आएको चीनको विशेष प्रतिनिधिमण्डलले साँझ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ, महानिर्देशक छुई यानसहितको ४ सदस्यीय टोली चार दिने नेपाल भ्रमणमा छ । चिनियाँ प्रतिनिधिमण्डलाई उनीहरूकै चाहनाबमोजिम ओहदाअनुसारको एस्कर्टिङ र अंगरक्षक समेत उपलब्ध गराइएको छैन ।

प्रोटोकलसहितको सुरक्षा दूतावास स्वयंले व्यवस्था गरेको छ । उपमन्त्री येचौलाई नेकपा गठबन्धन बनाउन पहल गर्ने व्यक्ति मानिन्छ । येचौ तत्कालीन एमालेका अध्यक्ष ओली प्रधानमन्त्री भएलगत्तै २०७४ फागुन पहिलो साता नेपाल आएका थिए ।