१५ बैशाख २०८१, शनिबार
Follow Us

कांग्रेसलाई अदालतको निर्णय स्वीकार्य: सभापति देउवा

नेपालब्रिटेन संवाददाता
१३ पुष २०७७, सोमबार ११:१७

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको स्वविवेकीय निर्णय मान्ने बताएका छन्। संसद विघटन असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरे पनि यो विषय अदालतमा विचाराधीन भएकाले धम्क्याएर, तर्साएर यो निर्णय गर् नभन्ने, अदालतको निर्णय पर्खने देउवाले बताए ।

संसद विघटनको विरोधमा भक्तपुर क्षेत्र नम्बर २ मा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले कांग्रेसले अदालतको निर्णय मान्ने पनि बताएका छन्।

कम्युनिस्ट सरकार आएपछि दुई तिहाईका कारण अदालत केही डराएको भन्दै देउवाले कांग्रेसको इच्छाअनुसार वा फरक हुने गरी अदालतबाट निर्णय आए पनि निर्णय मान्ने बताए ।उनले भविष्यमा प्रदर्शनलगायत अन्य कार्यक्रम पनि गर्न पर्ने भएकोले तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्।