२३ बैशाख २०८१, आईतवार
Follow Us

बेलायतबाट फर्किएका संक्रमितको जिन सिक्विनिङ अन्यौलमा

नेपालब्रिटेन संवाददाता
१४ पुष २०७७, मंगलवार १३:१३

काठमाडौंं । बेलायतबाट फर्किएका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा पनि बेलायतको जस्तै नयाँ स्वरुपको संक्रमण देखिएको हो की भन्ने आशंका गरिएको छ । तर, जिन सिक्विनिङ नगरिकन भाइरसको स्वरुप थाहा नपाइने भएकाले त्यसबारे निर्क्यौल गर्न समय लाग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

जिन सिक्विनिङको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिएको छ । तर, त्यसका लागि कुनै निर्णय भइनसकेको प्रयोशालाकी निर्देशक डा. रुणा झा बताउँछिन् ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्विनिङको लागि आवश्यक पुर्वाधार नभएकाले तत्कालै सिक्विनिङ गर्न सम्भवन नभएको हो । ‘जिन सिक्विनिङको लागि के गर्ने भनेर डब्लुएचओसँग छलफल गरिरहेका छौं तर, कुनै निष्कर्ष निकालिएको छैन’, उनले भनिन्, ‘गर्ने कि नगर्ने र गर्दा कहाँ गर्ने भन्ने विषयमा छलफलमा जारी छ ।’