२३ बैशाख २०८१, आईतवार
Follow Us

नेकपा दाहाल-नेपाल समूहको आज बस्ने स्थायी समिति आन्दोलनको थप कार्यक्रम घोषणा गर्दै

नेपालब्रिटेन संवाददाता
१५ पुष २०७७, बुधबार ०५:३४

काठमाडौं । नेकपाको दाहाल-नेपाल समूहको स्थायी समिति बैठक आज बस्दैछ । उपत्यकामा उपलब्ध स्थायी समिति सदस्यहरुको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।

बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणका आन्दोलन कार्यक्रमको तयारीका विषयमा छलफल हुनेछ । बैठकपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिने नेताहरुले बताएका छन् ।

आजै दाहाल-नेपाल समूहले अखिल नेपाल महिला संघको वृहत भेला पनि आयोजना गरेको छ । भेलालाई पार्टीका शीर्ष नेताहरुले पेरिसडाँडामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पुस पाँच गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै नेकपा विभाजित भएको छ । प्रधानमन्त्रीको कदमविरुद्ध दाहाल-नेपाल पक्षले मंगलबार देशभर विरोध प्रदर्शन गरेको थियो ।