२८ बैशाख २०८१, शुक्रबार
Follow Us

फाइजर/बायोएनटेकको खोप आपतकालीन प्रयोगका लागि उपयुक्त : डब्लुएचओ

नेपालब्रिटेन संवाददाता
१७ पुष २०७७, शुक्रबार ०४:३२

लन्डन । विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले फाइजर/बायोएनटेकको कोरोना भाइरसविरुद्धको खोप आपतकालीन प्रयोगका लागि उपयुक्त हुने जनाएको छ । यो खोप विकासशील राष्ट्रहरुका लागि अझ सहज रुपमा उपलब्ध गराउन सकिनेसमेत डब्लुएचओको भनाइ छ ।

डब्लुएचओका सहायक महानिर्देशक डा. मारियान्गेला सिमाओले आपतकालीन अवस्थामा प्रयोगका लागि स्वीकृति पाएसँगै खोप विश्वव्यापी रुपमा उपलब्ध गराउन सहज हुने बताएकी छिन् ।

साथै विभिन्न देशले खोप आयातका लागि आफ्नै संयन्त्र निर्माण गर्न सहज हुने उनको भनाइ छ । जनासंख्याको आधारमा प्राथमिकता तय गरेर खोप वितरण गर्नुपर्नेमा पनि सिमाओको भनाइ छ ।

डब्लुएचओले युनिसेफ लगायत राष्ट्रसंघीय निकाय र अन्य निकायहरुले पनि खोप वितरणका लागि अनुमति लिन सक्ने जनाएको छ । डब्लुएचओका अनुसार हाल अमेरिका, क्यानडा, कतार बहराइन र मेक्सिकोलगायतका मुलुकमा यो खोपको व्यवस्थापन भैरहेको छ ।