२८ बैशाख २०८१, शुक्रबार
Follow Us

राप्रपाले आज काठमाडौंमा जनप्रदर्शन गर्दै

नेपालब्रिटेन संवाददाता
१७ पुष २०७७, शुक्रबार ०४:३७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ले आज काठमाडौंमा जनप्रदर्शन गर्दैछ । हिन्दु राष्ट्र र राजासहित प्रजातन्त्र पुनर्स्थापनाको माग राखेर राप्रपाले जनप्रदर्शन गर्न लागेको हो ।

काठमाडौंको भृकुटीमण्डपवाट राप्रपाले र्‍याली तथा सभा गर्न लागेको हो । परिवर्तनको मार्गचित्र नै गलत भएकाले त्यसलाई सच्याएर हिन्दूराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र र संघीयताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणालीको स्थापना हुनुपर्ने राप्रपाको माग छ ।

देशमा बढ्दै गएको अनियमितता, अराजकता र भ्रष्टाचार तथा सर्वसत्तावादलाई परास्त गर्न आन्दोलनको विकल्प नभएको राप्रपाको भनाइ छ । राप्रपाले हिन्दुराष्ट्र र राजसंस्थासहित लोकतन्त्र र संघीयताको विकल्पमा सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली हुनुपर्ने माग पनि गरेको छ ।

राप्रपाले हिन्दूराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र पुनर्स्थापना गर्न र सहज रूपमा सबै अटाउने नेपालको निर्माण गर्न आन्दोलनको विकल्प नरहेको बताउँदै आएको छ । यसअघि राप्रपाले देशका विभिन्न स्थानमा पनि राजसंस्था र हिन्दु राष्ट्र माग गर्दै प्रदर्शन गरेको थियो ।