३० बैशाख २०८१, आईतवार
Follow Us

दाहाल-नेपाल समूहले सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

नेपालब्रिटेन संवाददाता
१८ पुष २०७७, शनिबार ०५:३९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहले आज प्रतिनिधिसभा विघटनविरुद्ध आज दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दैछ । दिउँसो पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक हुनेछ । नारायणकाजी श्रेष्ठको नेतृत्वमा संघर्ष समिति गठन भएको थियो । उक्त समितिले आज आन्दोलनको थप कार्यक्रम घोषणा गर्न लागेको हो ।

दोस्रो चरणमा वडा तहदेखि केन्द्रसम्म जनपरिचालन गर्ने तयारी दाहाल-नेपाल समूहको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलन कार्यक्रम सो समूहले सार्वजनिक गर्न लागेको हो ।

अन्य दलसँग संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा गरिएको छलफलमा तत्काल सहमति नबनेपछि एक्लै आन्दोलन कार्यक्रम घोषण गर्न लागिएको हो । यसअघि दाहाल(नेपाल समूहले काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको थियो ।