३१ बैशाख २०८१, सोमबार
Follow Us

कारको ठक्करबाट बाघको मृत्यु

नेपालब्रिटेन संवाददाता
१८ पुष २०७७, शनिबार ०६:०५

पर्सा । पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डम कारको ठक्करबाट एउटा बाघ मरेको छ । हेटौंडाबाट निजगढ गइरहेको अजयकुमार मिश्रको बा १६ च ८११ नम्बरको कारले शनिबार बिहान सडकमै बाघलाई ठक्कर दिएको हो ।

कारको ठक्करबाट दुर्घटनास्थलमै बाघ मरेको निकुञ्जले जनाएको छ । जितपुर सिमरा उपमहानगरपालिका एक स्थित आधाभार जंगलमा कारले अन्दाजी आठ वर्षको पोथी बाघलाई ठक्कर दिएको हो ।

प्रहरीले गाडी र सर्लाही निवासी चालक मिश्रलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाएको छ । तीव्र गतिमा आइरहेको कारमा बाघले जम्प गर्ने क्रममा चक्कामुनि आएको चालकले बयान दिएका छन् । दुई वर्षअघिको तथ्यांकअनुसार नेपालमा बाघको संख्या २ सय ३५ छ । पर्सा निकुञ्जमा बाघको संख्या १८ छ ।