२४ बैशाख २०८१, सोमबार
Follow Us

९ हजार ६ सय ५० श्रमिकलाई राहत, करिब २ लाख जनाको उद्धार,

नेपालब्रिटेन संवाददाता
२६ पुष २०७७, आईतवार ११:३५

लण्डन । कोरोना भाइरस -कोभिड १९- को संक्रमणबाट विदेशमा थप३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता युकेमा २जना र मलेसिया १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो संगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३ सय १७ पुगेको छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५१ हजार १ सय १६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९३ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, साउथअफ्रीका, युके, भारत, युएईमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा १हजार ९ सय १२ जनाको निधनभएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६४ हजार १ सय ५९ छ भने २ लाख ५७ हजार २ सय २९ जना अर्थात ९७=१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

करिब २ लाख जनाको उद्धार, ९ हजार ६ सय ५० श्रमिकलाई छुट्टै राहत
गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा ‘कोभिड १९’ को विश्वव्यापी प्रभाव पछि १ लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा बैदेशिक रोजगार समितिका संयोजक डा. बद्री केसीका अनुसार विदेशमा समस्यामा परेका कामदारलाई उद्धार, राहत तथा पुनः रोजगारीमा फर्काउन गैरआवासीय नेपाली संघ सकृय रुपमा लागेको छ ।

विदेशका बिभिन्न देशमा ९ हजार ६ सय ५० भन्दा बढी श्रमिकलाई सेल्टरमै राखेर कानुनी सहायता, परामर्श, पिसीआर टेष्ट, तालिम, हवाई टिकट, अदालती जरिवाना, उद्धार तथा राहत दिइएको गैरआवासीय नेपाली संघले जनाएको छ । संघले साउदी, मलेसिया, कतार, संयुक्त अरबइमिरेट्स (यूएई), बहराइन, ओमन, कम्बोडिया र कुवेतमा स्वमंसेवक खटाएर अलपत्र परेका कामदारलाई सहयोग गरिरहेको छ।

बिभिन्न दात्री संस्थाहरुद्धारा प्राप्त सहयोगबाट विदेशमा रोजगारी गुमाएर बेरोजगार भएका, राहदानीको म्याद सकिएका, कागजात नभएका, लगायतलाई आर्थिक सहयोग गरिएको संघले जनाएको छ । हालसम्म गैरआवासीय नेपाली संघले ८ सय ६२ जनालाई काठमाण्डौबाट गन्तब्यसम्म पुग्न नि:सुल्क बस भाडा श्वरुप आर्थिक सहयोग समेत गरेको छ । सँघले देशका सातै प्रदेशमा १४ लाख रुपैया बराबारको स्वास्थ्य सामग्री हस्तात्तरण गरेको छ ।

अझै सतर्कता अपनाउ
नेपालमा कोरोना संक्रमितको दर कम हुँदै जानु सकारात्मक भए पनि कोरोनाको दोस्रो लहरको सम्भावना नटरेको स्वास्थ समितिका संयोजक सन्जिव सापकोटाले बताउनु भएकोछ । अझै पनि सतर्कता नअपनाउने रखोप आउने समयसम्म स्वास्थ्य सुरक्षामा ध्यान नदिने होभने नेपालले अहिलेको भन्दा पनि ठूलो क्षति व्यहोर्न सक्ने उहाँले स्पष्ट पार्नुभयो । जोखिम कायम भएकाले व्यक्तिगत सुरक्षा, मास्कको प्रयोग, सार्वजनिकस्थलमा सुरक्षा मापदण्ड अपनाउन भन्दै उहाँले जोखिम घट्यो भन्ने बेला नभएको स्पष्ट बताउनुभयो ।

बेलायतलगायतका यूरोपेलि मुलुकमा फैलिएको संक्रमणका कारण नेपालीहरु पनि अछुतो नरहेको भन्दै उहाँले उच्च सावधानी अपनाउन आग्रह गर्नु भएको छ ।