काठमाडौं । लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । शनिबार राति ९ बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको हो ।
मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका छन् । कोशी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ, सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।
हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको बताइएको छ । केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको हो ।