२५ श्रावण २०८२, आईतवार
Follow Us

जनकपुरमा रेल र कार ठोक्किएर दुर्घटना, कारमा सामान्य क्षति

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०८२, आईतवार ०५:५४

जनकपुर । जनकपुरको थापाचोकमा आज (आइतबार) बिहान रेल र कार एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कार थापाचोक तर्फबाट जानकी मन्दिरतर्फ जाने क्रममा रेलसँग ठोक्किएको हो ।

कारले रेलको लिक क्रस गर्ने क्रममा भांगहातर्फबाट जनकपुरतर्फ आउँदै गरेको रेलसँग कार ठोक्किएको जनकपुर प्रहरीले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन । कारमा सामान्य क्षति भएको छ । घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीको भनाइ छ ।

धेरै पढिएको