काठमाडौं । संसद विघटनको विरोधमा विभिन्न दलका महिला संगठनहरुले संयुक्तरुपमा प्रदर्शन गरेका छन् । मंगलबार संयुक्त महिला संघ, संघर्ष समितिले काठमाडौंको रत्नापार्कमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले निरंकुशता चाहिँदैन, संसद विघटन गर्न पाइँदैन, संसद विघटनको निर्णय खारेज गर लगाएतका नारा लगाएका थिए ।
प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघकी संयोजक अमृता थापाले प्रधानमन्त्रीलाई संविधानले नै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गर्नु संविधानमाथिको कु भएको भन्दै यसका विरुद्ध संयुक्त आन्दोलनको आवश्यकता रहेको औंल्याइन् ।
सरकारले गैरसंवैधानिक तवरले संगठन विघटन गरेको भन्दै त्यसकाविरुद्ध निरन्तर विरोधका कार्यक्रम गरिने महिला संगठनहरुले जनाएका छन् ।