२८ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतबाट नेपाल आउन सहजीकरण गर्ने सरकारको निर्णय

नेपालब्रिटेन डट कम्
७ माघ २०७७, बुधबार १०:५६

काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकृतिको उदगमस्थल बेलायतबाट नेपालमा आउनै पर्ने नेपाली नागरिक र गैरआवासीय नेपालीहरुले नेपाल आउन पाउने भएका छन् ।

बेलायतमा नयाँ भाइरस देखिए पछि एयरलाइन्सहरुलाई रोक लगाइएको थियो ।

सरकारले नेपाल आउनै पर्ने नेपाली नागरिक र गैरआवासीय नेपाली नागरिकका लागि सहजीकरण गरेको छ । अध्यागमन विभागले ५ माघमा अध्यागमन नीतिबारे सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

विभागका अनुसार बेलायतबाट सुरु उडान वा ट्रान्जिट भई आउने सबै यात्रुहरुलाई अर्को सूचना नभएसम्म नेपाल आगमनमा रोक लगाइएको थियो । तर, एकाघरका आफन्तको मृत्यु भई वा गम्भीर उपचारका लागि नेपाल आउनै पर्ने भएमा नेपाली नागरिक, गैरआवासीय नेपाली र निजका सन्तानलाई नेपाल आउने बाटो खुलेको हो ।

त्यसका लागि उनीहरुले बेलायतस्थित कुटनीतिक नियोगको सिफारिसमा नेपालमा प्रवेश अनुमति लिनुपर्नेछ । नेपाल आउनु अगाडि ७२ घण्टाको पिसिआर रिर्पोट नेगेटिभ भएको प्रमाण पत्र भने यस अवस्थामा समेत अनिवार्य गरिएको छ ।