२८ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रतिनिधिसभा विघटनविरूद्ध वडामा हुने प्रदर्शनमा जुट्न सभापति देउवाको अपिल

नेपालब्रिटेन संवाददाता
७ माघ २०७७, बुधबार १२:१४

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले बिहीबार आयोजना गर्ने वडा तहको विरोध प्रदर्शनमा एकजुट हुन पार्टी सभापति शेरबहादुर देउवाले अपिल गरेका छन् ।

कांग्रेसले भोलि बिहीबार देशभरका वडाबाट विरोध प्रदर्शन आयोजना गरेको छ। बुधबार सभापति शेरबहादुर देउवाले अपिल जारी गर्दै प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध वडास्तरीय प्रदर्शनमा जुट्न आग्रह गरेका छन् ।

अपीलमा सभापति भनेका छन्, ‘सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध माघ ८ गते बिहीबार ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शनलाई व्यापक बनाउनुस् ।’

यसअघि कांग्रेसले निर्वाचन क्षेत्रमा, प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा पालिकाहरुमा विरोध प्रदर्शन व्यापकताका साथ सम्पन्न गरिसकेको भन्दै सभापति देउवाले भने, ‘अब वडास्तरीय प्रदर्शन पनि प्रभावकारी रुपले सफल बनाउन अपील गर्दछु ।’