२८ बैशाख २०८१, शुक्रबार
Follow Us

३१८ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
७ माघ २०७७, बुधबार १२:२७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ८३ जना निको भएर फर्किएका छन्। कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ। हाल सम्म सक्रिय कोराना संक्रमितका संख्या ३ हजार ६ सय ९३ रहेको छ ।