२९ बैशाख २०८१, शनिबार
Follow Us

कोरोना खोप उत्पादन गरिरहेको भारतको सेरम औषधि उद्योगमा भीषण आगलागी

नेपालब्रिटेन संवाददाता
८ माघ २०७७, बिहीबार १२:४७

नयाँदिल्ली । कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ । सेरमको टर्मिनल नम्बर १ गेट नजिकैको भवनमा बिहीबार दिउँसो आगलागी भएको हो । आगो निभाउन १० वटाभन्दा बढी दमकल र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् ।

आगलागीको कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी छ । सेरमले भारतमा अक्सफोर्ड एस्टाजेनेकाले विकास गरेको कोरोनाविरूद्धको खोप उत्पादन गरिरहेको छ । बिहीबार नेपाल आएको १० लाख डोज खोप पनि उसले बनाएको हो । सेरम संसारकै ठूलो खोप उत्पादक कम्पनी हो ।