२४ बैशाख २०८१, सोमबार
Follow Us

भारत र चीनबीच सिक्किम सीमामा झडप

नेपालब्रिटेन संवाददाता
१२ माघ २०७७, सोमबार ११:५२

गान्तोक । भारत र चीनका सैनिकबीच सिक्किममा झडप भएको छ । चिनियाँ सेनाले नियन्त्रण रेखा ‘एलएसी’ मिच्ने कोशिस गरेपछि दुई देशका सैनिकविच झडप भएको हो । झडपमा भारतीय र चिनियाँ दुवैतर्फका सेना घाइते भएका छन् । झडपमा चार भारतीय र २० चिनियाँ सैनिकहरु घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

तीन दिन पहिला सिक्किमको ना कुलामा चीनले एलएसी बदल्ने कोशिस गर्दै भारतीय क्षेत्रमा प्रवेश गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको थियो । यस दौरानमा भारतीय सैनिकहरुले चिनियाँ सैनिकलाई रोकेका थिए । यसक्रममा चीन र भारतका सैनिकबीच भएको बताइएको छ । अहिले स्थिति तनावपूर्ण रहेपनि स्थिर छ । सिमामा मौसम खराब भएपनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।