३० बैशाख २०८१, आईतवार
Follow Us

३०३ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१३ माघ २०७७, मंगलवार ११:०६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७० हजार ९२ पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार १७ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय ८५ जना निको भएर फर्किएका छन्। कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ। हाल सम्म सक्रिय कोराना संक्रमितका संख्या ३ हजार २ सय ५२ रहेको छ ।