१ श्रावण २०८२, बिहीबार
Follow Us

चार पूर्वप्रधानन्यायाधीशलाई सर्वोच्चले भन्यो : लिखित जवाफसहित अदालतमा उपस्थित हुनु

नेपालब्रिटेन डट कम्
१५ माघ २०७७, बिहीबार १२:५८

अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशलाई लिखित जवाफसहित सात दिन भित्र उपस्थित हुन सर्वोच्च अदालतले आदेश गरेको छ।

न्यायाधीश मनोज शर्माको एकल इजलाशले पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण र सुशीला कार्कीलाई सात दिनभित्र जवाफसहित आफैं उपस्थित हुन आदेश गरेको हो।

अदालतमा विचाराधिन मुद्दामा विज्ञप्ति जारी गरेको भन्दै अधिवक्ता धनजित बस्नेत र लोचन भट्टराईले अवहेलना निवदेन दर्ता गरेका थिए।

यस्तै पूर्वसभामुख दमननाथ ढुंगानालाई पनि लिखित जवाफसहित उपस्थित हुन आदेश गरेको छ।

धेरै पढिएको