काठमाडौं सरकारले कोरोना भाइरस संक्रमण रोक्न बन्द गरेका सीमा नाका खुला गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले भारत र चीनसँग सीमा जोडिएका जिल्लाहरुलाई पत्राचार गर्दै नाका खुल्ला गर्न निर्देशन दिएको हो । मन्त्रिपरिषद बैठकले सीमा नाका खुला गर्ने निर्णय गरेसँगै मन्त्रालयले कार्यान्वयनका लागि पत्राचार गरेको हो ।
सरकारले भारत र चीनसँग जोडिएका तीस वटा नाका खुल्ला गर्न निर्देशन दिएको हो । खुला गरिएका नाकामा भारतसँग सीमा जोडिएका २८ वटा र चीनसँगका दुई वटा रहेका छन् । भारतीय नागरिकको हकमा भने गृह मन्त्रालयसँग समन्वय गरेरमात्र नेपाल छिर्न दिन पाउने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार पत्राचार गरिएको मन्त्रालयले जनाएको छ । सरकारले चैत पहिलो साताबाट भारतसँगको केही नाका बन्द गर्ने निर्णय गरेको थियो । संक्रमण बढदै गएपछि हवाइ तथा अरु बाँकी स्थल नाका पनि बन्द गरिएको थियो ।